एनआइसी एशिया लघुवित्तसँग मर्जर प्रकृयामा रहेको स्वदेशी लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाइ लाभांश नबाँड्ने भएको छ। लघुवित्तको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आ.ब. २०७६/७७ को कमाइबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वासलात आम्दानी तथा नाफा नोक्सान हिसाव लगायतका वित्तीय विवरण र सोसँग सम्बन्धित अनुसुचीहरु पारित गरी नियामक निकाय नेपाल राष्ट्र बैंकमा वार्षिक साधारणसभ गर्न स्वीकृतिको लागि पेश गरेको कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया