सनराइज फर्स्ट  म्युचुअल फण्डले गत आर्थिक वर्षको कमाईबाट घोषणा गरेको लाभांश वितरणका लागि बुकक्लोज मिति तोकेको छ । फण्डले कर सहित ७ प्रतिशतका दरले हुन आउने ६ करोड २ लाख रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

फण्डले नगद लाभांश वितरण गर्नको लागि असोज ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । जस अनुसार असोज १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सनराइज म्युचुअल फण्डको सनराइज फर्स्ट दश वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

तपाईको प्रतिक्रिया