कारोबारको पहिलो दिनमै लिवर्टी इनर्जी कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक र नकारात्मक दुबै सर्किट लागेको छ । प्रि ओपनिङ सेसनमा प्रतिकित्ता ३०० रुपैयाँमा ३ हजार २६० कित्ता शेयर कारोबार भएको यस कम्पनीको नियमित कारोबार शुरु भएको १० मिनेटमै १० प्रतिशतले शेयरमूल्य बढेको थियो ।

कारोबारको पहिलो घण्टासम्म सकारात्मक प्रभाव परेको लिवर्टीको शेयरमूल्य दोस्रो घण्टापछि विक्री चाप बढेसँगै शेयरमूल्यमा नकारात्मक प्रभाव परेको हो ।

तपाईको प्रतिक्रिया