समृद्धि फाइनान्स कम्पनी लिमिटेडले यही असोज १६ गतेबाट २०० प्रतिशत हकप्रद सेयरको निष्कासन खुला गर्ने भएको छ। कम्पनीले चुक्तापुँजी १८ करोड १९ लाख रुपैयाँको १ः२ अनुपातले हुन आउने हकप्रद निष्कासन गर्न लागेको हो। कम्पनीले रु. १०० अंकित दरका ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद निष्कासन गर्नेछ।

हकप्रद निष्कासन तथा तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। काठमाण्डौको कमलादीस्थित बीओके क्यापिटलको कार्यालय, बैंक अफ काठमाण्डौका शाखा कार्यालयहरु धनगढी, नेपालगन्ज, सुर्खेत, वीरगन्ज, पोखरा, नारायणगढ, जनकपुर, विराटनगर र बिर्तामोड तथा समृद्धि फाइनान्सका केन्द्रीय कार्यालय हेटौँडा र शाखा कार्यालयहरु पुतली सडक र बुटवलमा हकप्रद सेयर खरिदका लागि आवेदन दिन सकिनेछ।

यसैगरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट हकप्रदका लागि आवेदन दिन सकिनेछ।

यो हकप्रदमा कात्तिक ६ गते बैंकिङ सयमसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनार्थ गत भदौ १२ गते शुक्रबार एक दिनका लागि बुक क्लोज गरेको थियो। यसको अर्थ भदौ ११ गतेसम्म कायम सेयरधनीहरुमात्र हकप्रद खरिदका लागि योग्य हुनेछन्।

यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५४ करोड ५९ लाख रुपैयाँ बढी हुनेछ।

तपाईको प्रतिक्रिया