कबिता

माफ गर्नुस फोटो च्यालेन्जमा भाग लिन सकिन

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
कोरोना कहरले दैनिकी
लथालिङ्ग भएको बेला,
ब्यापार चौपट भएर
टेक्ने समाउने साथ खोज्दा,
बैकको ब्याज, साहुको राज
ब्याज र स्याजले
कहरमाथीको प्रहार थापेको बेला
माफ गर्नुस फोटो च्यालेन्जमा
भाग लिन सकिन !
°°°°°°°°°°°°°°°°°°°°°°°°
टुडिंखेलमा भात कुरेका,भोका पेट्का ताँती,
टेकुमा स्वाव टेस्टका लागि पर्खेकाको दुर्गति,
आइसोलेसन र भेण्टीलेटर नपाएर
एम्बुलेन्समै ज्यान गुमाएकाहरुको फोटो
हरेक बिहान अखवारमा हेर्ने बानी लागेको बेला
माफ गर्नुस फोटो च्यालेन्जमा
भाग लिन सकिन !!
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
गणतन्त्र ल्याउन२०औं हजारले
ज्यान गुमाएको देशमा
चुनाब हारेकालाई पद दिने
म्याद गुज्रिएकालाई साथ दिने
सले गलेको गणतन्त्रको खोल सिउन
तालिम लिने बेला
माफ गर्नुस फोटो च्यालेन्जमा
भाग लिन सकिन!!!
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

 

 

 

 

 

सिन्धुपाल्चोकको पहिरोमा
परिवारै पुरिंदाँ,
तराईको बाढीले
गाउँनै बगांउदां, उद्दार र
राहतको पर्खाईमाआँखाहरु
आकाशतिर हेलिकप्टर खोजिरहदां
माफ गर्नुस फोटो च्यालेन्जमा
भाग लिन सकिन!!
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
मलका लागी घण्टौ लाइनमा उभिएका
किसानहरुका फोटाले,
धाँजा फाटेको मन भित्र
बिषकालागि सर्प पाल्ने
सरकारको भष्ट्राचारको तालिम लिदै गर्दा
माफ गर्नुस फोटो च्यालेन्जमा
भाग लिन सकिन!!
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

अनुप के बराल_कृति
#कविता यात्रा_२०७७ असोज
भरतपुर १० घर नं 056520763
बालमन्दिर रोड स्याउली बजार चितवन।

तपाईको प्रतिक्रिया