मेगा बैंक लिमिटेडले हकप्रद सेयर लिलामीमार्फत विक्री खुल्ला गर्ने भएको छ । बैंकले १८ लाख ४० हजार ७ सय ३९.३३ कित्ता हकप्रद सेयर लिलामीमार्फत विक्री खुल्ला गर्ने भएको हो । जसमध्ये बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४.७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४.६३ कित्ता सेयर लिलामीमार्फत बिक्री खुल्ला गर्ने भएको हो ।

बैंकले उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १ सय रूपैयाँ तोकिएको हुदाँ सेयर खरिद गर्न इच्छुक तथा योग्य लगानीकर्ताहरुले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने भएको छ । बोलपत्र आवेदन फारममा आफूले लिन चाहेको सेयर कित्ताको दर रेट अकिंत गरी अङ्क र अक्षरमा स्पष्टसँग लेखिएको हुनुपर्नेर्छ ।

लगानीकर्ताले न्युनतम १ सय कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक व्यक्तिहरुले असोज ११ गतेदेखि असोज १८ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको सेयर बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केटस लिमिटेड रहेको छ ।

तपाईको प्रतिक्रिया