नबिल बैंकले दोश्रो बजारमा सेयर लगानीका लागि ७.७५ प्रतिशतका दरले ऋण दिने भएको छ । यससँगै लगानीकर्ताले नेप्सेमा कारोबार हुने सेयरहरु धितो राखी नबिल बैंकबाट ५० लाख रुपैयाँ अथवा सोभन्दा बढीको सस्तो ब्याजदरमा सजिलै सेयर धितो कर्जा पाउने भएका छन् ।

यससँगै, लगानीकर्ताले नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकको जुनसुकै शाखाहरुबाट सेयर धितो कर्जा पाउन सक्ने बैंकले जानकारी गराएको छ ।

हाल बैंकको ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो ।

तपाईको प्रतिक्रिया