आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीको ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांश अन्तर्गत लघुवित्तले ९ प्रतिशत बोनस सेयर र ३.६३ प्रतिशत नगद लाभांश (बोनश शेयरको कर प्रयोजनार्थ) वितरणको प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि प्रस्तावित लाभांश वितरण हुनेछ ।

तपाईको प्रतिक्रिया