नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको तेस्रो दिन आज (मंगलबार) बढेकोे छ । आज नेप्से १२.४७ अंकले बढेर १ हजार ५ सय ८२ दशमलव ८४ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार मंगलबार एक अर्ब २४ करोड १२ लाख ४२ हजारको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमा हरियाली छाएका छन् ।

कूल १९३ वटा कम्पनीको ४९ लाख १३ हजार ४ सय ९७ कित्ता शेयर खरिदबिक्री भएको छ । कारोबार रकमको आधारमा अरुण काबेली पावरले अग्रता कायम गर्न सफल भएको छ । कम्पनीको ८ करोड ८२ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया