पछिल्लो केही साता अगाडि नागर्जुन नगरपालिकाको उप प्रमुख सुशीला अधिकारीज्यु निरन्तर जनहितमा कार्यरत रहदै गर्दा कोरोना संक्रमण देखिएको थियो। लकडाउनको अवधिमा उहाँले नगरपालिकाको सडक निर्माण कार्य, कालो बजारी अनुगमन, लगायत अन्य विभिन्न कदमहरु चाल्नु भएको थियो।

संक्रमण देखिए पश्चात, १४ दिनको क्वारेन्टाइनमा रहदै गर्दा पनि उहाँले अडियो मार्फत आ-आफ्नो स्वास्थ्यको ख्याल राख्नुहुन, साथै कोरोना भाइरसलाई ठट्टाको रुपमा नलिन सन्देश जनसमुदाय समक्ष पुर्याउनु भएको थियो। अहिले १४ दिनको क्वारेन्टाइन र दोश्रो कोरोना रिपोर्ट नेगेटिभ आएपछि उहाँ फेरिपनि फिल्डमा लागि पर्नु भएको छ। यस महानचाड बडा दशै तथा तिहार को बेलामा अधिकतम हुने गरेको ग्राहकहरु ज्यादती, मनलागी मुल्य वृद्धि र अस्थायी खाद्यान्न अभाव सिर्जना गराउने भएको हुँदा अहिले अनुगमनमा होमिनु भएको छ।

नागार्जुन नगर उप प्रमुख ज्युकाे संयाेजकत्वमा नागर्जुन नगरपालिका वडा नं १ का जनप्रतिनिधि ज्युहरु वडाध्यक्ष रामचन्द्र लामाज्यु, वडा सदस्य शान्ता लामाज्यु लगायतको अनुगमन टोलिले १ नं वडाका खाद्यान्न र मासु पसलहरुमा गरिएकाे अनुगमन गर्नुभएको छ। अनुगमन निरन्तर हुने र मापदण्ड अनुसार नगरेको पाएमा कानुनि अनुसार कार्वाहि गरिने जानकारी प्राप्त भएको छ।

तपाईको प्रतिक्रिया