सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड आफ्नो स्थापनाको १६ औं बर्ष सफलतापूूर्वक पुुरा गरी १७ औं बर्षमा प्रवेश गरेको छ । हाल बैंकले सातवटै प्रदेशबाट ९२ शाखा संजाल तथा ३० एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउदै आएको छ ।

बैंकले हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिँदै आगामी दिनमा बैकले उपलब्ध गराई बैंकिङ्ग सेवाहरुलाई अझ ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने जनाएको छ । आगामी दिनहरुमा नवीनतम योजनाका साथ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता समेत बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया