सूर्या लाईफ इन्स्योरेन्सका सिईओ शिवनाथ पाण्डेले पदबाट राजिनामा दिएका छन् । उनको कार्यकाल तीन महिना बाँकी छदै गत सोमबार पदबाट राजिनामा दिएका हुन् । सिईओ पाण्डेले दिएको राजिनामा स्वीकृत हुन भने बाँकी छ । सिईओ पाण्डेले आगामी मंसिर १ गतेदेखि लागू हुने गरी पदबाट राजिनामा दिएका हुन् ।

सिईओ पाण्डेले आफ्नो व्यक्तिगत व्यवसाय गर्ने उद्देश्यले राजिनामा दिएको बताए ।

तपाईको प्रतिक्रिया