
युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले तिहारपछि मात्र आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार समय परिवर्तन गरिएको जनाएको छ । बोर्डले कार्तिक २५ गते पत्र पठाउँदै शेयर निष्काशन सार्न निर्देशन दिएको अनुसार शेयर निष्काशन मिति सरेको हो ।
यसअघि कम्पनीले कात्तिक २७ गते बिहीबरदेखि सर्वसाधारणमा शेयर निष्काशन गनेृ मिति तोकेको थियो।
बुधबारदेखि माउन्टेन हाइड्रोपावरको शेयर खुला भैसकेकाले एकैपटक शेयर निष्काशन गर्दा मेरोशेयरमा लोड पर्ने भएकाले बोर्डले युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावरलाई तिहारपछि मात्र शेयर निष्काशन गर्न बोर्डले निर्देशन दिएपछि बिक्री प्रबन्धकले मिति सारेको हो ।
यससँगै अब कम्पनीको आईपीओ मंसिर ३ गते बुधबारदेखि ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्काशन खुला हुनेछ । जसमध्ये सामूहिक लगानी कोष्का लागि ४३ हजार ६९६ कित्ता र कर्मचारीका लागि १७ हजार ४७८ कित्ता छुट्टाइएको छ भने ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।