नेपाल क्रेडिट एण्ड कमर्श बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सामान्य खुद नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ। चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ३३ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको तुलनामा १.६९ प्रतिशतले कम हो। गत वर्षको यसै अवधिमा बैंकले ३४ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा १२ करो्ड २५ लाख रुपैयाँ रहेको छ।

बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घटेको हो। पहिलो त्रैमासमा बैंकले ७९ करोड ५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको तुलनामा झण्डै ४ करोड रुपैयाँले कम हो। गत वर्षको यसै अवधिमा बैंकले ८३ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

बैंकको अन्य सञ्चालन आम्दानी भने बढेको छ। यस अवधिमा अन्य सञ्चालन आम्दानी १ करोड ११ लाख रुपैयाँबाट बढेर २ करोड ३० लाख रुपैयाँ पुगेको छ। पहिलो त्रैमासमा बैंकले ४५ करोड ६८ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। गत वर्ष यस्तो नाफा ४६ करोड ५० लाख थियो ।

बैंकको निक्षेप संकलन ७३ अर्ब ७८ करोड रुपैयाँबाट बढेर ८० अर्ब ८९ करोड रुपैयाँमा झरेको छ भने कर्जा लगानी ६५ अर्ब १० करोड रुपैयाँबाट बढेर ६७ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।

समिक्षा अवधिमा बैंकको खराब कर्जा भने केहि घटेको छ। बैंकको खराब कर्जा अनुपात २.८७ प्रतिशतबाट घटेर २.८३ प्रतिशतमा झरेको छ।

हाल ९ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९३ करोडबाट बढेर ३ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

विवरण अनुसार हाल बैंकको पूँजीकोष अनुपात १३.४३ प्रतिशत रहेको छ भने कोषको लागत ६.१६ प्रतिशत, आधार दर ८.६३ प्रतिशत, सिसिडि रेशियो ७४.८३ प्रतिशत र स्प्रेड दर ४.३८ प्रतिशत रहेको छ।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५५ पैसाबाट घटेर १४ रुपैयाा ३१ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ५९ पैसा र मूल्य आम्दानी अनुपात १५.७३ गुणा रहेको छ।

तपाईको प्रतिक्रिया