नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा साताको अन्तिम दिन ऐतिहासिक रेकर्ड कायम गरेको छ । आज नेप्से ३६.३२ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव १२ विन्दुमा पुगेको छ । नेप्सेमा नौ महिना पछि अहिलेसम्मकै उच्च कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ ।

यस दिन ६ अर्ब ११ करोड भन्दा बढीको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ ।

तपाईको प्रतिक्रिया