एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी एसिया डाइनामिक डेप्ट फन्डका इकाइहरु यही मंसिर १२ गतेबाट बिक्री खुला गरिने भएको छ। एनआईसी एसिया बैंक लिमिटेड कोष प्रवद्र्धक तथा एनआईसी एसिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेका यो खुलामुखी म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँबराबरको ५ करोड इकाइ निष्कासन गर्न लागिएको हो। बीजपुँजीबापत कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत अर्थात ७५ लाख इकाइ कोष प्रबद्र्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी अधिकतम ४ करोड २५ लाख इकाइ सार्वजनिक रुपमा बिक्री लागि खुला गरिनेछ।

लगानीकर्ताहरुले न्यूनतम १०० इकाइदेखि अधिकतम ५० लाख इकाइसम्म खरिदका लागि आवेदन पेस गर्न सक्नेछन्। यो योजनाको निष्कासन बन्द छिटोमा मंसिर १६ गते र ढिलामा मंसिर २६ गते बैंकिङ समयपछि हुनेछ।

पहिलो चरणमा २ करोड इकाइ निष्कासन गरिनेछ। यो योजनालाई नेपाल धितोपत्र बोर्डले गत कात्तिक २१ गते निष्कासनको अनुमति दिएको थियो।

तपाईको प्रतिक्रिया