राष्ट्र बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई सिटी एक्सप्रेस फाइनान्स प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको छ।

भर्चुअल माध्यमबाट भएको सञ्चालक समिति बैठकले अर्को दुई लघुवित्त संस्था गाभिनका लागि पनि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।

सिटीलाई एक्सप्रेसलाई इन्भेष्टमेन्ट बैंकले प्रति कित्ता ३० रुपैयाँका दरले गाभ्ने छ। ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटीलाई गाभेपछि बैंकको चुक्ता पुँजी १४ अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ। यसमा प्रबर्द्धकहरुको सेयर हिस्सा ६८.४८ प्रतिशत हुने छ। सर्वसाधारणको हिस्सा ३१.५२ प्रतिशत हुने छ।

तपाईको प्रतिक्रिया