साल्ट ट्रेडिङ्ग कर्पोरेन्सन ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश गरी कूल ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

यसअघि कम्पनीले आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ को नाफाबाट पनि कम्पनीले समान शेयरधनीलाई २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद गरी कूल ३५ प्रतिशत नै लाभांश प्रस्ताव गरेका थियो।

प्रस्तावित बोनस कम्पनीको ५३ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र शेयरधनीलाई वितरण गरिनेछ। २५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १९ करोड १९ लाख ६९ हजार ७५० रुपैयाँ पुग्नेछ।

तपाईको प्रतिक्रिया