नेपाल एसबिआई बैंकलेले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनारमनी, विर्तामोड स्थित परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विधतीय उपकरणहरु प्रदान गरेको छ । वि. सं. २०६७ सालमा संचालन भएको उक्त संस्थाले हाल घड जना वृद्धवृद्धाहरुलाई आश्रय दिएको छ ।

उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत श्री दीपक कूमार दे द्वारा सो संस्थाका अध्यक्ष श्री विक्रम मादेन (गुरुङ) लाई उक्त सामानहरु ह्स्तान्तरण गर्नुभइको थियो ।

उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत श्री छपि राज पन्त, विर्तामोड शाखाका शाखा प्रबन्धक श्री मनोज चापागाई तथा सो संस्थाका अन्य कर्मचारीको उपस्थिती थियो ।

 

तपाईको प्रतिक्रिया