नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो दिन आज (बुधबार) उछाल आएको छ । आज नेप्से ७०.६२ अंकले बढेर २ हजार दशमलब ७० विन्दुमा पुगेको छ भने ७ अर्ब ४६ करोड ३४ लाख ८२ हजार ९७२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एक समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।

आज २०१ कम्पनीको एक करोड ५४ लाख १६ हजार ३८३ कित्ता शेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी एनटीसीको ४० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ६२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

नेप्सेका अनुसार आज सबैभन्दा बढी जीवन बीमा समूह ६०८ अंकले बढेको छ । त्यस्तै, उत्पादनमूलक ३०३, निर्जीवन बीमा २४४, माइक्रोफाइनान्स २३२ लगायत अन्य समूह १४० अंकले बढेको छ । ट्रेडिङ् समूह १६.६३ अंकले घटेको छ ।

तपाईको प्रतिक्रिया