राष्ट्र बैंकले सेयर धितो कर्जामा समेत पुनर विचार गर्ने भएको छ । व्यक्तिगत अधिविकर्ष कर्जा, शेयरधितो कर्जा तथा रियलस्टेट कर्जा सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने जारी मौद्रिक नीतिको समिक्षामा उल्लेख गरिएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाबाट विदेशी मुद्रामा ऋण स्वदेशी मुद्रामा तिर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

कोभिड १९ को कारण प्रभावित हुन गई विदेशी मुद्रामा साँवा तथा ब्याज भुक्तानीमा पर्न गएको असहज परिस्थितिलाई सहज बनाउदै केन्द्रि बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षा ऋणको किस्ता नेपाली मुद्रामा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ ।

तपाईको प्रतिक्रिया