नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजी बजार संघ र शेयर लगानीकर्ता दबाव समूह सम्बद्ध लगानीकर्ताहरुले आज राष्ट्र बैंकको डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई ज्ञापन पत्र बुझाउँदै मार्जिन कर्जाको परिमार्जन सम्बन्धि बुँदा तुरून्त फिर्ता गर्न नेपाल राष्ट्र बैंक समक्ष माग गरेका छन् ।

माग गरेका हुन् । मौद्रिक नीतिमा शेयर मार्जिन कर्जा ७० प्रतिशत कायम गरिएमा हालै राष्ट्र बैंकले त्रैमासिक समीक्षा गर्दै शेयर कर्जा पुनरावलोकन गरिने छ भन्ने वाक्यांश राखिएकोमा लगानीकर्ताहरुले आपत्ति जनाएका छन् । यसैबीच ज्ञापन पत्र बुझाउन गएका शेयर लगानीकर्ताहरुको आजै गभर्नर महाप्रसाद अधिकारीसँग पनि छलफल गरेका छन् ।

उक्त अवसरमा गभर्नर अधिकारीले मौद्रिक नीतिको समीक्षामा शेयर मार्जिन कर्जा सम्बन्धी परिमार्जनको बुँदा समावेश भए पनि आगामी दिन लगानीकर्ताहरुसँग छलफल गर्ने र शेयरबजारलाई असर नगर्ने गरी सर्कुलर जारी गरिने आश्वासन दिएको  शेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया