एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको इकाई बाँडफाड भएको छ। इकाइमा आवेदन गर्ने आवेदकहरुमध्ये १०० इकाई देखि ५ लाख इकाईसम्म माग गर्ने आवेदकहरुलाई माग गरे बमोजिम इकाई बाँडफाँड गरिएको छ भने १० लाख इकाई देखि ५० लाख इकाईसम्म माग गर्ने आवेदकहरुलाई ६ लाख ६४ हजार ८२० इकाईका दरले बाँडफाँड गरिएको छ। यसरी बाँडफाँड गर्दा बाँकी रहेकाने ५० इकाईको हकमा १०लाख १० इकाई देखि ५० लाख इकाई माग गर्ने ५ जना आवेदकहरुलाई पुनः १० कित्ता थप गरि कुल ४ कराेड २५ लाख इकाई बाँडफाँड गरिएको छ।

फण्डको प्रति इकाई १० रुपैयाँ दरको ५ करोड इकाई मध्ये बीज पूँजी बापतको न्यूनतम १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रवद्र्घक एन आई सी एशिया बैंक लिमिटेडको लागि सुरक्षित राखी बाँकी अधिकतम ४ करोड २५ लाख इकाई सर्बसाधारणमा बिक्रीमा ल्याएको थियो।

बिक्रीमा ल्याइएको उक्त इकाइमा ७९ हजार ५१४ आवेदकहरुबाट ५ करोड ६० लाख १६ हजार ५७० इकाई खरिदको लागि आवेदन परेको थियो।

तपाईको प्रतिक्रिया