तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई बोनस सेयरमात्र वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले यस्तो प्रस्ताव गरेको हो। बैंक गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको ६ प्रतिशतले हुन आउने १० करोड ८७ लाख ८७ हजार ६३२.०५ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १४ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया