सोमबार सेयर बजार बढेको छ । आइतबार उच्च अंकले गिरावट आएको सेयर बजार परिसूचकमा सोमबार ३० अंकको करेक्सन आएको हो । सोमबार बजार परिसूचक नेप्से ३०.३३ अंकले बढेर १ हजार ९ सय ६५ दशमलव ९६ विन्दुमा पुगेको छ । दिभरको कारोबारमा आज ६ अर्ब ६९ करोडको कारोबार भयो ।

सोमबारको बजारमा १ सय ७५ कम्पनीको सेयर कारोबार भएको थियो । त्यसमध्ये १ सय २३ कम्पनीको मूल्य बढेको छ । ३८ कम्पनीको मूल्य घट्दा १४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज बजारमा नेप्से परिसूचकसँगै सेन्सिेटिभ, फ्लट र सेन्सेटिभ फ्लट लगायत सबै परिसूचक बढ्दा १२ मध्ये व्यापारमूलक, होटल र म्युचुअल फण्ड तीन वटा बाहेक अरु सबै परिसूचकहरु बढेको छ । सबैभन्दा उत्पादनमूलक क्षेत्रको वृद्धिखर ३ प्रतिशत भन्दा बढी देखिएको ।

तपाईको प्रतिक्रिया