प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन आकस्मित नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरितका गतिविधिका कारण यो अवस्था सिर्जना भएको बताए । उनले जननिर्वाचित सरकारलाई असहयोग र घेराबन्दी गरिएपछि आफ्ना सामु जनतासामु जानु बाहेकको अर्को विकल्प नभएको तर्क गरे ।  जसअनुसार हिजो प्रतिनिधिसभाको विघटन गरेर वैशाखमा निर्वाचन गर्ने तय भएको उनको भनाइ छ ।

उनले भने ‘संसद् विघटन अप्रत्यासित र आकस्मिक जस्तो देखिएपनि राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरिततका गतिविधिका कारण यो अवस्था सिर्जना भएको हो ।’ मेरो राजपिनतिक चरित्र हत्या गर्न आफ्नै साथीहरु लागि परेको उनले बताए ।

तपाईको प्रतिक्रिया