प्रभु बैंककाे लाभांश सुरक्षित गर्ने आज मंसिर ९ गते बिहीबार अन्तिम दिन हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्न तथा साधारण सभा प्रयोजनका लागि पुस १० गतेदेखि बुक क्लोज मिति तय गरेको छ ।

त्यस अनुसार बिहिबार सम्म कायम शेयरधनीले मात्रै बैंकले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२५ लाभांश प्रस्ताव गरेको छ ।

बैंकले लाभांश पारित गर्नको लागि पुस २६ गते आइतबार बैंककाे केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा बिहान ११ बजे १९ औं वार्षिक साधारण सभा बोलाएको छ ।

उक्त साधारण सभाबाट लाभांश पारित भएपछि शेयरधनीले पाउनेछन् ।

तपाईको प्रतिक्रिया