बैंक अफ काठमाण्डू लिमिटेडले मंसिर २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक ८.५० प्रतिशत ब्याजदर पाइने १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड भएको छ ।

मंसिर २४ गते देखि २९ गतेसम्म निष्काशनमा ल्याएको बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग बैंकिङ्गको कार्यालय, नक्साल, काठमाण्डौमा बाँडफाँड गरिएको हो ।

सर्वसाधारण समूहलाई ६ लाख ४० हजार कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा १ हजार ८६९ जना आवेदकहरुबाट कूल ६५ हजार ८२० कित्ता ऋणपत्रको लागि आवेदन प्राप्त भएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जनाएको छ ।

त्यस मध्ये १ जना आवेदकबाट आवेदन पर्न आएको जम्मा २५ कित्ता ऋणपत्र दोहोरो भएको हुँदा रितपूर्वक १ हजार ८६७ जना योग्य आवेदकहरुलाई माग अनुसार नै बाँडफाँड गरिएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ अनुसार रितपूर्वक एक ८६७ जना योग्य आवेदकहरुलाई कूल ६५ हजार ७७० कित्ता ऋणपत्र बाँडफाँड गरिएको हो ।

यस्तै व्यक्तिगत तवरबाट ९ लाख ६० हजार कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा २६ जना योग्य आवेदकहरुलाई सर्वसाधारण समूहबाट बाँकी रहेको ५ लाख ७४ हजार २३० कित्ता समेत गरी कूल १५ लाख ३४ हजार २३० कित्ता ऋणपत्र बाँडफाँड गरिएको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग ले जनाएको छ ।

१० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ ।

तपाईको प्रतिक्रिया