सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेर १९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले माघ १६ गते बिहान ११ बजे, आम्रपाली बैंक्वेटमा सभा बोलाएको हो। साधारण सभामा बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।
त्यसैगरी बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जानको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थापक समूहको तर्फतबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना गरी कुल ५ जना सञ्चालक निर्वाचन गर्ने भएको छ।
कोरोना महामारीको कारण सभामा भर्चुअल माध्यमबाट पनि उपस्थित हुन सक्नेगरी शेयरधनीहरुलाई मिटिङ आइडि र पासवर्ड उपलब्ध गराउने बैंकले जनाएको छ।
साधारणसभा प्रयोजनको लागि बैंकले पुस २८ गत बुकक्लोज गर्ने भएकोले पुस २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्नेछन्।

Online Arthik










