यस बुटवल पावर कम्पनी लिमिटेडको २८औं वार्षिक साधारण सभा मिति २०७७ पौष २८ गते का दिन कम्पनीको केन्द्रिय कार्यालय, बुद्धनगर, काठमाण्डौमा सञ्चालक समितिका अध्यक्ष श्री पद्मज्योतिज्यूको अध्यक्षतामा सम्पन्न भयो । सो सभाले सञ्चालक समितिबाट पेश भएका सबै प्रस्तावहरु पारित गरेको छ ।

यस कम्पनीले आ.व. २०७६।७७ मा रु. ७३,१२,८४,०९२ खुद मुनाफ ाआर्जन गरेकोमा सभाले पारित गरेको प्रस्ताव वमोजिम शेयरधनीहरुलाई सो मुनाफावाट १५% नगद लाभांश वापत रु. ४०,३४,९१,७५० वितरण गरिने छ र रु. २६,७४,७८,७०० बरावरको बोनस शेयर जारी गरिनेछ । नेपाल सरकारको आंशिक लगानी रहेको कारण कम्पनी ऐन, २०६३ वमोजिम नेपाल सरकारको स्वीकृति लिएर सो नगद लाभांश यथाशक्य छिटो शेयरधनीहरुलाई वितरण गरिनेछ । बोनस शेयर जारी भएसंगै कम्पनीको चुक्ता पूँजी रु. २,९५,१३,६०,५०० कायम हुनेछ ।

आ.व. २०७६।७७ मा कम्पनीले १२ मेगावाटको झिमरुक विद्युत गृह र ९.४ मे.वा.को आँधिखोला विद्युत गृह सन्तोषजनक रुपमा संचालन ग¥यो । कम्पनीले स्याङजा, पाल्पा, प्यूठान र अर्घाखाँची जिल्लाका करिव ५९,००० उपभोक्ताहरुलाई नियमितरुपमा बिद्युत वितरण गर्दै आएको छ । सो बाहेक यस कम्पनीले हाल सम्म सहायक तथा सम्वद्ध कम्पनीहरुमा गरेको शेयर लगानी करीव रु. ३ अरव ८० करोड रुपैयाँ –लागतका आधारमा) पुगेको छ । त्यस मध्ये व्यापारिकरुपमा संचालनमा रहेका पाँच कम्पनीहरु, नाफा वितरण नगर्ने उद्देश्य रहेको एक कम्पनी र आयोजनाहरु विकास निर्माणका लागि दर्ता गरिएका तर आयोजना व्यापारिकरुपमा संचालनमा नआईसकेका सात कम्पनीहरु गरी कुल १३ कम्पनीहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया