मञ्जुश्री फाइनान्सको १३ औंं वार्षिक साधारण सभाले २३।५० ५ लाभांश स्विकृत गरेको छ ।

पुस २९ गते सम्पन्न साधारण सभाले १८५  वोनश शेयर र कर सहित ५।५५ नगद लाभांश पारित गरेको हो। वोनश शेयर वाँडफाँड पश्चात संस्थाको चुक्ता पूँजी ९६ करोड ५३ लाख पुगेको छ ।

तेह्रौ वार्षिक साधारण सभाबाट संस्थापक समूहका शेयर धनिहरुका तर्फबाट सञ्चालकको पदका लागि यादब अधिकारी, रामहरी शर्मा र रविन राज देवकोटा र सर्वसाधारण शेयरधनिहरुका तर्फबाट दिल मान सिंह चन्द निर्विरोध निर्वाचित भएका छन् । साधारण सभा पश्चात सम्पन्न सञ्चालक समिति बैठकले इन्दिरा पन्डित घिमिरे लाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

संस्थाको हाल सम्म ९ अर्ब निक्षेप संकलन तथा ७ अर्ब ९६ करोड कर्जा लगानी रहेको छ । मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ,नारायणगढ ,बुटवल , धनगढी , इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो ।

यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स, मोवाइल बैंकिङ्ग,एटिम कार्ड लगायतका अन्य आधुनिक बैंकिङ्क सुविधा उपलव्ध उपलब्ध गराउदै आएको छ ।

तपाईको प्रतिक्रिया