नेपाल युवा उद्यमी मञ्च द्वारा सातौं महिला उद्यमी सम्मेलन–२०२१ काठमाडौँमा आयोजना गरिइएकोे थियो । यो वर्ष १५० भन्दा बढि सहभागिहरुको सहभागिता रहेको र उक्त कार्यक्रम नेपाली युवा उद्यमी फोरमको एउटा प्रमुख हिस्सा थियो । यो वर्ष माघको पहिलो हप्ता विगत सातवर्षदेखि कार्यक्रम को प्रायोजन गर्दै आईरहेको थियो यस वर्ष पनि विश्व व्यापी महामारीका कारण यो कार्यक्रम भर्चुअल माध्यमबाटआयोजना गरिएको थियो । लक्ष्मी बैंक लिमिटेडको प्रायोजनमा नेपालकै पहिलो भर्चुल महिला उद्यमी सम्मेलन–२०२१ आयोजना गरिएको छ । कार्यक्रममा ‘वुमन हु इन्सपायरः इन द टाइम अफक्राइसिस, लुक्स फर अपरचुनिटीज’भन्ने नाराका साथ आयोजना गरिएको थियो । त्यसै गरी कार्यक्रमको स्पोनसर तथा ज्ञान पार्टनरअन्तराष्ट्रिय श्रम संगठन, कारखाना, डिजाईन पार्टनर एक्ट ३६०, प्रविधी पार्टनर भायानेट र भुक्तानी पार्टनर ईसेवा रहेको थियो ।यस कार्यक्रमले महिला उद्यमशिलता लाई प्रबद्र्धन गर्दै आएको छ । यस कार्यक्रममा जम्मा भएको रकम पछी दिदि फाउन्डेशनलाई हस्तान्तरण गरिने छ ।

कार्यक्रममा, उद्यमी, श्रमिकमहिला, विभिन्नव्यावसायीहरु लगायत विभिन्न विज्ञहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानलमा छलफलको लागि आमोको तर्फबाट आयुषा श्रेष्ठ, बियुटी बारबाट इच्छा कार्की,वाईल्ड अर्थ नेपालको तर्फबाट क्यारोल दनहम, र लिटल ईन्जनियरको तर्फबाट राना इल केमाइटिली रहेका थिए । यस कार्यक्रमको प्रस्तोता मिस युनिभर्स–२०१८, मनिता देवकोटा हुनुहुन्थ्यो । यसैगरी यस कार्यक्रममा नेपालका विभिन्न उदयमान संस्थाहरु, खानपिन, स्वीट फिक्स, अजिस लगायत वर्कहव जस्ताको सहभागीता रहेको थियो । कार्यक्रमका प्रमुखअतिथी तथा राष्ट्रिय युवा परिषद काकार्यकारी सञ्चालक श्री माधव प्रसाद ढुङगेलद्वारा महिलाउ द्यमीहरुलाई प्रोत्साहन गर्न नेपालको हरेक क्षेत्रमा महिलाको सहभागीता हुनुपर्ने भन्दै आफ्ना भनाई प्रस्तुत गर्नु भएको थियो ।

साथै अन्र्तराष्ट्रिय श्रम संगठनका संयोजक श्री प्रकाश शर्माज्यू द्वारा महिला उद्यमीहरुले कोभिड–१९ को बेलाभोग्नु परेको चुनौतीहरु र नीतिको बारेमा व्याख्या गर्दै महिला उद्यमी हरुलाई प्रोत्साहन दिदैं सम्मेलनको समापनगर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया