नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बैंकको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।  सो सम्बन्धमा आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा बैंक र क्यापीटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया