नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साताको चौथो दिन आज (बुधबार)  दोहोरो अंकले बढेको छ । हिजो (मंगलबार) नेप्सेमा सामान्य अंकको गिरावट आएको थियो ।

आज नेप्से १५.८७ अंकले बढेर दुई हजार तीन सय ४२ दशमलब ७६ विन्दुमा पुगेको छ भने ६ अर्ब २१ करोड ९ लाखको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ समूह बाहेक अन्य समूह बढेका छन् ।

हिजो मात्रै नेपाल कै हालसम्मकै ठुलो आईपीओ प्राइमरी बजारमा १८ अर्ब भन्दा बढी आवेदन दिए पनि दोस्रो बजारमा लगानी घटेको छैन । बुधबार नेप्सेमा ६ अर्ब २१ करोड भन्दा बढीको दोस्रो बजारमा शेयर खरिद विक्रि भएको छ ।

तपाईको प्रतिक्रिया