यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को २६ औं वार्षिक साधारण सभा आज मिति २०७७ साल माघ ७ गते WEBINER मार्फत होटल हिमालय कुपण्डोल, ललितपुरमा सम्पन्न भएको छ ।
सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५।०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो संँग सम्बन्धित अनुसूचिहरु पारित गरिएको थियो । आर्थिक वर्ष २०७६।०७७ का लागी बाह्य लेखा परिक्षक मदन निरौला एण्ड कं चार्टर्ड एकाउण्टेण्ट््लाई नियुक्त गरिएको हो ।

कम्पनीको विशेष प्रस्ताव अन्तर्गत बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सर्वसहमतिले पारित गरियो ।
कम्पनीको आ.व.२०७७।०७८ को वित्तीय विवरणमा कुल बीमा शुल्क आम्दानी रु.४८,८०,३३,४४५/६२ रहेको छ । खुद बीमा शुल्क आम्दानी रु.२३,०७,५२,४२६/२० रहेकोमा खुद नाफा रु २,२२,१२,१०२/५३ रहेको छ । यस कम्पनीको लगानी गतआ.व. को तुलनामा ३/९३ प्रतिशतले बृद्धि भई आषाढ मसान्तमा रु.६९,८४,४२,१३१/७४ पुगेको छ । आ.व. २०७५।०७६ मा कम्पनीको कुल कारोवार गत आ.व. २०७४।०७५ को तुलनामा २.२५ प्रतिशतले वृद्धि भई रु.४८,८०,३३,४४५/६२ बीमा शुल्कआर्जन गरेको कम्पनीले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया