महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको हिजो बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लभांशमा चुक्तापुँजी १३ करोड ३१ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ३३ लाख १० हजार रुपैयाँबराबरको बोनस सेयर र ०.५३ प्रतिशतले हुन आउने ७ लाख ५२६ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनका लागि) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।

Online Arthik










