नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर उकालो लागिरहेकोे छ । साताको दोस्रो दिन आज (सोमबार) पनि नेप्से दोहोरो अंकले बढेको हो ।

आज नेप्से १६.०४ अंकले बढेर दुई हजार चार सय ४० दशमलब ८७ विन्दुमा पुगेको छ । यो विन्दु हालसम्मकै उच्च विन्दु हो ।

त्यस्तै, आज भने ८ अर्ब ९० करोड ३५ लाखको कारोबार भएको छ भने आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ समूह बढेका छन् भने अन्य समूह घटेका छन् ।

तपाईको प्रतिक्रिया