सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको हिजो शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १८ करोड ६४ लाख ५० हजार रुपैयाँको कुल ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १०.५ प्रतिशतले हुन आउने १ करोड ९५ लाख ७७ हजार २५० रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.५५ प्रतिशतले हुन आउने १० लाख ३० हजार ३८१.५८ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

Online Arthik










