चन्द्रागिरि हिल्सको आईपीओ ढिलोमा शुक्रबारसम्म नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण हुने भएको छ । चन्द्रागिरिको आईपीओ यहि साता सूचीकृत गरेर अर्को सातादेखि कारोबार खुला गर्ने गरी नेप्सेले तयारी थालेको छ ।

यहि साता सूचीकरण भए पनि चन्द्रागिरिको दोस्रो बजारमा सेयर कारोबार भने आगामी साताबाट हुनेछ । नेप्सेले पहिरो कारोबारका लागि तीन गुणासम्म ‘ओपन रेञ्ज’ तोक्ने गरेको छ । नेप्सेले तोकेको ओपन रेञ्जअनुसार पहिलो कारोबार हुनेछ । चन्द्रागिरिका लागि नेप्सेले ९६ दशमलव ९९ रुपैयाँदेखि २९० दशमलव ०७ रुपैयाँ ओपन रेञ्ज तोक्ने बताएको छ ।

कम्पनीले पुस २४ गतेदेखि सर्वसाधारणको आईपीओ बिक्री खुला गरेको थियो ।

तपाईको प्रतिक्रिया