प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले हाल कायम चुक्तापुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँको कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको प्रस्तावित लाभांशमा ८ प्रतिशतले हुन आउने ८ करोड २१ लाख १४ हजार ५६० रुपैयाँबराबरको बोनस सेयर र ०.४२ प्रतिशतले हुन आउने ४३ लाख २१ हजार ८१८.९५ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
प्रस्तावित लाभांश नियामक निकायमा स्वीकृति लिई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

Online Arthik










