फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीयण संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन २१ गते शुक्रबार गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेबाट सुरु हुने भनिएको छ।
सभाले संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ३१.५८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २५ प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ६.५८ प्रतिशत नगद लाभांश रहेका छन्।
सभा र लाभांश प्रयोजनका लागि संस्थाले आउँदो फागुन ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ सभामा भाग लिन र लाभांश पाउन योग्य हुन फागुन ४ गतेसम्म यो संस्थाको सेयरधनी कायम भइसक्नुपर्नेछ।

Online Arthik










