अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमाशुल्क बढेसँगै कम्पनीको खुद बीमशुल्कमा पनि बढढोत्तरी भएको छ । अजोडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ६ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले २ करोड ३१ लख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको खुद नाफा ७५.४९ प्रतिशतले बढेको हो । यद्यपी चालु आवको पहिलो त्रैमासमा ५ करोड ३० लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको कम्पनीको खुद नाफा दोस्रो त्रैमासमा १ करोड २३ लाख ७१ हजार रुपैयाँले घटेको हो ।
यस अवधिमा कम्पनीले २० करोड ८६ लाख ५८ हजार रुपैयाँ खुद बीमशुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिमा ११ करोड ६५ लाख ५९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको कम्पनीको खुद बीमाशुल्क २४.३९ प्रतिशतले बढेको हो ।
चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीके वार्षिक प्रतिशेयर आम्दानी ८.१३ रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा ६.६२ रुपैयाँ रहेको थियो ।
पुस मसान्तसम्ममा कम्पनीले जगेडा कोषको आकार २ करोड ७९ लाखबाट बढाएर ६ करोड ६३ लाख २४ हजार रुपैयाँ कायम गरेको छ । यससम्गै कम्पनीको प्रतिशेयर नेटवर्थ ११५.६४ रुपैयाँ पु्गेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ८२.९० गुणा रहेको छ ।
कम्पनीले पुनर्बीमा व्यवसायबाट ८ करोड ६७ लाख कमिशन आय र लगानी कर्जा तथा अन्यबाट १ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा कम्पनीले ४ करोड ३८ लाख रुपैयाँ दीर्घकालीन कर्जा र १ अर्ब ४१ करोड ३६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
हालसम्म ७१ हजार ३०७ वटा बीमलेख जारी गरेको कम्पनीको कुल बीमाशुल्क संकलन ६८ करोड २३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीको ६ हजार ६५ बीमालेख नवीकरण भएका छन् ।
पुस मसान्तसम्ममा कम्पनीले १ हजार ९१० वटा बीमलेख वापत २० करोड ७५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्दा २ हजार १२४ संख्याको दाबी वापत २९ करोड ६४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

Online Arthik










