महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आज शुक्रबारदेखि आवेदन खुला गरिएको छ।  यसअघि यो आईपीओ माघ २८ गतेदेखि नै निष्कासन हुने भनिएको थियो। तर सीडीएस एन्ड क्लियरिङले प्राविधिक कारण देखाई निष्कासन मिति सार्न अनुरोध गरेपछि आज माघ ३० गतेबाट बिक्री खुला गरिएको हो।

महिला लघुवित्तले कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। आईपीओ निष्कासन बन्द भने छिटोमा फागुन ५ गते र ढिलामा फागुन १४ गते बैंकिङ समयपछि हुनेछ।

संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। कुल कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले सि–आस्वाका माध्यमबाट आईपीओ भर्न सक्ने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।

तपाईको प्रतिक्रिया