सानिमा जनरल इन्स्योरेन्सले आव २०७६/७७ बाट शेयरधनीलाई  लाभांश वितरण नगर्ने भएको छ । इन्स्योरेन्स सञ्चालक समितिको ८७ औं बैठकले बिना लाभांश वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको छ ।

इन्स्योरेन्सका कम्पनी सचिव सुबोधलाल श्रेष्ठले सञ्चालक समितिको ८७ औं बैठकले निर्जीबन बीमा गर्ने बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिम तथा एनएफआरएस वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया