नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सोमबार ६ कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । नेप्सेमा मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, हिमालय डिस्ट्रिलरी, अरुण भ्याली हाइड्रोपावर, एनएलजी इनस्योरेन्स र लक्ष्मी लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो ।

जस मध्ये मुक्तिनाथ विकास बैंक बैंकको ४८ लाख ६५ हजार ६१३ दशमलब १७ कित्ता, कामना सेवा विकास बैंक लिमिटेडको ११ लाख १७ हजार ६८३ दशमलब ७९५७ कित्ता, हिमालय डिस्ट्रिलरीको २८ लाख ९२ हजार ३४१ दशमलब २५ कित्ता, अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको ४ लाख ९९ हजार १६२ कित्ता, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ लाख १७ हजार २२५ कित्ता र लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडको ४ लाख १७ हजार ४५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

तपाईको प्रतिक्रिया