नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) सामान्य अंकले बढेको छ । मंगलबार १५.५० अंकले बढेर दुई हजार ६ सय एक दशमलब ११ विन्दुमा पुगेको थियो ।

नेप्सेका अनुसार आज ९.९४ अंकले नेप्से बढेर दुई हजार छ सय ११ दशमलब ४५ विन्दुमा पुगेको छ भने ८ अर्ब ३ करोड ५५ लाख बरोबरको कारोबार भएको छ ।

त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये ५ समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । आज कारोबार भएका ४ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । यी कम्पनीको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

तपाईको प्रतिक्रिया