धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएदेखिनै उच्च बृद्धि भैरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य मंगलवार भने सर्वाधिक १० प्रतिशतले घटेको छ ।

उच्च विक्रीचापका कारण यस दिन कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो । सोमबार रू. ६६० कायम भएको कम्पनीको शेयरमूल्य मंगलबार प्रतिकित्ता रू.६६ ले घटेर रू. ५९४ मा झरेको हो ।

११ बजेर ३५ मिनेटसम्मको कारोबार अवधिसम्म नेप्से परिसूचक पनि ३१ अंकले घटेको छ । सोमवार दोहोरो अंकले घटेको बजारमा १० प्रतिशतले मूल्य बढेको कम्पनीको मंगलवार भने सर्वाधिक मूल्य घटेको हो ।

तपाईको प्रतिक्रिया