आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितिको फागुन १२ गते बसेको बठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले २०७७ असार मसान्तसम्म कायम चुक्ता पूँजी २६ करोड ३४ लाख रुपैयाँको ८.८५ प्रतिशत अर्थात २ करोड ३३ लाख रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

बाेनस शेयर वितरण पछि लघुवित्तकाे चुक्तापूँजी २८ कराेड ६७ लाख ६३ हजार रूपैयाँ पुग्नेछ ।

 

तपाईको प्रतिक्रिया