फागुन २३ गते आइतबार निष्कासन गर्ने भनिएको ज्योती लाइफ इनस्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) निष्कासन मिति सरेको छ ।  अब यस कम्पनीको आईपीओ फागुन २१ गते (शुक्रबार) नै निष्कासन हुने भएको हो ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार सिडिएस एण्ड क्लियरिङलाई आइतबार कामको धेरै लोड हुने हुँदा शुक्रबार कम लोड हुने भएकोले मिति सारिएको हो । सिडिएसको आग्रहमा शुक्रबार आईपीओ निष्काशन गर्न लागिएको हो ।

कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले निष्काशन गर्न लागेको कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ५९ लाख ४० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछ ।

तपाईको प्रतिक्रिया