महुली लघुवित्त वित्तीय संस्थाले चैत २५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा २०% बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ । बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५% नगद लाभांश पनि वितरण हुनेछ । यस्तै, महुलीले प्रिमियम भाउमा एफपीओ जारी गर्ने प्रस्ताव पनि सभामा लैजानेछ ।
कम्पनीले अन्य कुनै लघुवित्त संस्थासँग मर्जर वा एक्विजीसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने भएको छ । यस्तै, सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनी समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन पनि हुनेछ । सभा कम्पनीको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ ।
महुलीले साधारण सभा गर्न चैत १० गते बुक क्लोज गर्नेछ । चैत ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । हाल यस लघुवित्तको चुक्त पुँजी १८ करोड ६६ लाख २० हजार रुपैयाँ छ । प्रस्तावित २०% बोनस सेयर वितरणपछि पुँजी २२ करोड ३९ लाख ४४ हजार रुपैयाँ पुग्नेछ ।

तपाईको प्रतिक्रिया